स्ट्रर्लिङ चेल्सीमा अनुबन्धित
बुधबार, असार २९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका विंगर रहिम स्ट्रर्लिङलाई अनुबन्ध गरेको छ ।
चेल्सीले बुधबार विंगर स्ट्रर्लिङलाई अनुबन्ध गरिएको जनाएको छ ।
चेल्सीले स्ट्रर्लिङलाई प्रिमियर लिग प्रतिद्वन्दी म्यान्चेस्टर सिटीबाट अनुबन्ध गरेको हो ।
चेल्सीसँग स्ट्रर्लिङले पाँच वर्षको सम्झौता गरेका छन् । सम्झौता थपका लागि विकल्प समेत दिइएको छ ।
२७ वर्षीय विंगरले सम्झौता एक वर्ष बाँकी रहदै सिटी छाड्ने भएका हुन् ।
स्ट्रर्लिङ २०१५ मा लिभरपुलबाट सिटी आएका थिए ।
स्ट्रर्लिङले सिटीका लागि ३ सय ३९ खेलमा १ सय ३१ गोल गरेका छन् ।
गत सिजन उनले ३० प्रिमियर लिग खेलमा १३ गोल गरेका थिए ।
इंग्ल्यान्डका लागि उनले ७७ खेल खेलिसकेका छन् ।
स्ट्रर्लिङ चेल्सीमा अनुबन्धित













-1762763443397.jpg&w=3840&q=75)