एनआरटीले थाइ क्लब थोनबुरीलाई हरायो

काठमाडौं । थाइल्याण्ड भ्रमणमा रहेको नेपालको 'ए' डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले तेस्रो मैत्रीपूर्णमा जित निकालेको छ ।
एनआरटीले बुधबार थाइल्याण्डको तेस्रो डिभिजनको क्लब थोनबुरी युनाईटेडलाई २-१ गोल अन्तरले हराएको हो ।
एनआरटीलाई जित दिलाउन मेसुके ओलुमोउ र दिपेश घलेले एक एक गोल गरे ।
खेलको ३२ औं मिनेटमा किटिपोङ सेङपोङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५३ औं मिनेटमा मेसुकेले गोल गर्दै एनआरटीलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा दिपेशले गोल गर्दै एनआरटीलाई २-१ को जित दिलाए ।

यस अघि एनआरटीले दुई मैत्रीपूर्ण खेलमा हार ब्यहोरेको थियो ।
एनआरटीले यस अघि शीर्ष डिभिजनको क्लब चोनबुरी एफसी र तेस्रो डिभिजनको कासेम बन्डित युनिभर्सिटी एफसीसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
चोनबुरीसँग ९-० ले पराजित एनआरटी कासेमसँग ५-२ गोल अन्तरले पराजित भएको थियो ।
प्रि-सिजनको तयारीका लागि एनआरटीको टोली थाइल्याण्ड पुगेको हो ।
थाइल्याण्ड जानु अघि एनआरटीले मलेसियामा टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेलेको थियो । उक्त प्रतियोगिताको दुबै खेलमा एनआरटीले हार व्यहोरेको थियो ।













-1762763443397.jpg&w=3840&q=75)