रियलका मारियो लाजियोमा अनुबन्धित
बुधबार, असार २९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब लाजियोले डिफेन्डर मारियो गिलालाई अनुबन्धित गरेको छ ।
सिरी ए क्लबले डिफेन्डर मारियोलाई स्पेनिस क्लब रियल मड्रिडबाट अनुबन्ध गरेको हो ।
स्पेनिस डिफेन्डरले लाजियोसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
२१ वर्षीय डिफेन्डरले रियलको सिनियर टोलीमा २ खेल खेलेका छन् ।
उनले रियलको बी टिमका लागि भने ७१ खेलमा ५ गोल गरेका छन् ।
मारियो २०१८ मा स्पानियोलबाट रियलको एकेडेमीमा आएका थिए ।
रियलका मारियो लाजियोमा अनुबन्धित













-1762763443397.jpg&w=3840&q=75)