ओजिलले गरे फेनरबाचेसँगको सम्झौता रद्द
मंगलबार, २८ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब आर्सनलका पूर्व मिडफिल्डर मोसिट ओजिलले टर्किस क्लब फेनरबाचेसँगको सम्झौता रद्द गरेका छन् ।
जर्मन मिडफिल्डर ओजिलले दुई वर्ष बाँकी रहदै टर्किस क्लबसँगको सम्झौता रद्द गरेका हुन् ।
३३ वर्षीय ओजिलले गत वर्ष फेनरबाचेसँग साढे तीन वर्षको सम्झौता गरेका थिए ।
तर, उनी अर्को टर्किस क्लब इस्तानबुल बासाकसेहिरमा अनुबन्धित हुने चर्चा रहेको छ ।
ओजिलले फेनरबाचेका लागि कुल ३६ खेल खेलेका थिए । गत सिजन उनले फेनरबाचेका लागि २२ लिग खेल खेलेका थिए।
ओजिल सन् २०१३ मा रियल मड्रिडबाट आर्सनल आएका ओजिल टिममा नियमित पर्न छाडेपछि टर्की लागेका थिए ।
उनले आर्सनलबाट ३ एफए कप जितेका थिए ।
ओजिलले आर्सनलका लागि २ सय ५४ खेलमा ४४ गोल गरेका थिए ।
ओजिलले गरे फेनरबाचेसँगको सम्झौता रद्द












-1770628505169.jpg&w=3840&q=75)
