ओरिगी मिलानमा
मंगलबार, २१ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । बेल्जियमका विंगर डिभोक ओरिगी इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन् ।
मिलानले ओरिगीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
ओरिगीले सिजनको अन्त्यसँगै लिभरपुल छाडेका थिए ।
ओरिगीले ८ वर्ष बिताएर लिभरपुल छाडेका हुन् ।
२७ वर्षीय विंगरले लिभरपुलसँग ४ वर्षको सम्झौता गरेका छन् ।
लिभरपुलका लागि उनले १ सय ७५ खेलमा ४१ गोल गरेका थिए ।
ओरिगीले लिभरपुलबाट प्रिमियर लिग, च्याम्पियन्स लिग, युएईएफए सुपर कप, क्लब विश्वकप, एफए कप र लिग कप जितेका थिए ।
बेल्जियमका लागि उनले ३२ खेलमा ३ गोल गरेका छन् ।
ओरिगी मिलानमा














