काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडले डिफेन्डर टायरेल मलासियालाई अनुबन्ध गरेको छ ।
युनाईटेडले डच डिफेन्डर मलासियालाई फेएनोर्डबाट अनुबन्ध गरेको हो ।
२२ वर्षीय डिफेन्डरले युनाईटेडसँग ४ वर्षको सम्झौता गरेका छन् ।
यस्तै युनाईटेड थप एक वर्ष सम्झौता थपको विकल्प समेत दिएको छ ।
लेफ्ट ब्याक मलासियाले फेएनोर्डका लागि १ सय ३६ खेल खेलेका थिए ।
नेदरल्यान्ड्सका लागि उनले ५ खेल खेलिसकेका छन् ।