काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्रिस्टोफ गल्टियरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
पीएसजीले मंगलबार मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै गल्टियरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
जर्मन प्रशिक्षकले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् ।
यस अघि उनले फ्रान्सकै निसको टोली सम्हालेका थिए ।
पीएसजीले अर्जेन्टाईन प्रशिक्षक पोचेटिनोलाई सम्झौता बाँकी रहदै बर्खास्त गरेको हो ।
पोचेटिनोको सझौता सन् २०२३ को जुन ३० सम्म रहेको थियो ।
पोचेटिनो २०२१ को जनवरीमा पीएसजीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेपछि पीएसजीले पोचेटिनोलाई टिम हेर्ने जिम्मेवारी दिएको थियो ।
पोचेटिनोले पीएसजीलाई फ्रेन्च लिग वान जिताएका छन् ।