कप्तान रेनुका १० हप्ता मैदान बाहिर

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटी १० हप्ता मैदान बाहिर रहने भएकी छिन्।
एसियन गेम्सको बन्द प्रशिक्षण दौरान चोट बोकेकी रेनुका १० हप्ता मैदान बाहिर रहने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी गराएको छ ।
कप्तान नगरकोटीले सोमबार एन्फा कम्प्लेक्समा प्रशिक्षणको क्रममा चोट बोकेकी थिइन् । रेनुकाको घाँटीमुनिको बायाँ हड्डी फ्याक्चर भएको थियो ।
नगरकोटीको चोटको बी एण्ड बी अस्पतालमा सफल शल्यक्रिया समेत भएको छ । उनी बुधबार अस्पतालबाट डिस्चार्ज हुने बताईएको छ ।
मंगलबार एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा र दीपक खतिवडा, महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशी लगायतका पदाधिकारी अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

रेनुकाले घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप गुमाउने सम्भाबना देखिएको छ ।
नेपालले आगामी भदौ १३ देखि २५ गतेसम्म साफ च्याम्पियनसिप आयोजना गर्दैछ ।






-1762997834781.jpeg&w=3840&q=75)






