काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोलाई बर्खास्त गरेको छ ।
पीएसजीले मंगलबार अर्जेन्टाईन प्रशिक्षकलाई बर्खास्त गरेको हो । पीएसजीले सम्झौता बाँकी रहदै उनलाई बर्खास्त गरेको हो ।
पोचेटिनोको सझौता सन् २०२३ को जुन ३० सम्म रहेको थियो । तर, पीएसजी पछिल्लो समय पोचेटिनोसँग सन्तुष्ट रहेको थिएन ।
पोचेटिनो २०२१ को जनवरीमा पीएसजीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेपछि पीएसजीले पोचेटिनोलाई टिम हेर्ने जिम्मेवारी दिएको थियो ।
पोचेटिनोले पीएसजीलाई फ्रेन्च लिग वान जिताएका छन् ।
पोचेटिनोको नेतृत्वमा पीएसजीले ९५ खेल खेलेको छ ।