डिफेन्डर सेलिक रोमामा
मंगलबार, असार २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब रोमाले डिफेन्डर जेकी सेलिकलाई अनुबन्ध गरेको छ ।
टर्किस डिफेन्डरलाई रोमाले फ्रेन्च क्लब लिलबाट अनुबन्ध गरेको हो ।
राइट ब्याक सेलिकले रोमासँग ४ वर्षको सम्झौता गरेका छन् ।
सेलिकले रोमामा १९ नम्बरको जर्सी लगाउने छन् ।
२५ वर्षीय सेलिक फ्रेन्च क्लबमा ४ सिजन बिताएर इटाली आएका हुन् ।
लिलका लागि उनले १ सय १८ खेलमा ६ गोल गरेका थिए ।
टर्कीका लाई उनले ३२ खेलमा २ गोल गरिसकेका छन् ।
डिफेन्डर सेलिक रोमामा






-1762997834781.jpeg&w=3840&q=75)






