काठमाडौं । प्रिमियर लिग क्लब एभर्टनका सहायक प्रशिक्षक डुनकान फर्गुसनले क्लब छाडेका छन् ।
मुख्य प्रशिक्षक बन्ने योजनासहित फर्गुसनले एभर्टन छाडेका हुन् ।
५० वर्षीय स्कटिस प्रशिक्षक दुई पटक एभर्टनको केयर टेकर प्रशिक्षक भईसकेका छन् ।
'पक्कै पनि गाह्रो भएको छ । तर, मलाई मेरो करियरमा अर्को कदम चाल्नको लागि अघि बढ्न आवश्यक छ,' फर्गुसनले भनेका छन्, 'एक केयरटेकर प्रशिक्षक भईसकेकाले मलाई व्यवस्थापकमा पाइला राख्ने आत्मविश्वास दिएको छ।'
फर्गुसन एभर्टनका पूर्व खेलाडी समेत हुन् । फर्गुसनले एभर्टनका लागि १९९४ देखि २००६ सम्म खेलेका थिए ।
एभर्टनका लागि उनले २ सय ७३ खेलका ७३ गोल गरेका थिए ।