काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब फुलहमले पोर्चुगलका डिफेन्सिभ मिडफिल्डर जोआ पाल्हिन्हालाई अनुबन्ध गरेको छ ।
फुलहमले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनबाट उनलाई अनुबन्ध गरेको हो ।
२६ वर्षीय मिडफिल्डलाई फुलहमले १७ मिलियन पाउण्डमा क्लब भित्र्याएको हो ।
उनले फुलहमसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
गत सिजन स्पोर्टिङ च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको थियो ।
स्पोर्टिङलाई अन्तिम १६ मा पुर्याउन पाल्हिन्हाको योगदान महत्वपूर्ण रहेको थियो ।
'यो मेरो लागि करियरको नै ठूलो अवसर हो,' सम्झौता पछि उनले भने ।
पोर्चुगलका लागि उनले १४ खेल खेलेका छन् ।
