नुनो साउदी अरेबियन क्लबको मुख्य प्रशिक्षक
मंगलबार, असार २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पोर्चुगिज प्रशिक्षक नुनो सान्टो साउदी अरेबियन क्लब अल इत्तिहादको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
साउदी प्रो लिग क्लबले सोमबार प्रशिक्षक नुनोसँग सम्झौता गरिएको जनाएको छ ।
४८ वर्षीय प्रशिक्षकले अल इत्तिहादसँग दुई वर्षको सम्झौता गरेका छन् ।
इंग्लिस क्लब उल्भ्स र टोटेनहमका पूर्व प्रशिक्षक नुनोले २०२४ सम्म अल इत्तिहाद सम्हाल्ने छन् ।
नुनोले गत सिजन टोटेनहम सम्हालेका थिए । तर, उनी ४ महिनामै बर्खास्तमा परेका थिए ।
त्यसअघि उनले ४ वर्ष उल्भ्सको टोली सम्हालेका थिए ।
पोर्चुगलका पूर्व गोलकिपर समेत रहेका नुनो सन् २०१७ मा उल्भ्सको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
नुनो साउदी अरेबियन क्लबको मुख्य प्रशिक्षक






-1762997834781.jpeg&w=3840&q=75)






