प्लस टु फुटसललाई अल्फान्जो रिसोर्टको साथ
सोमबार, असार २०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पोखराको लामाचौरमा हुन लागेको प्लस टु फुटसल प्रतियोगितालाई अल्फान्जो रिसोर्टले प्रायोजन गरेको छ ।
युनिक ब्रोदर्स युनाइटेडको आयोजनामा हुन लागेको प्रतियोगितालाई अल्फान्जो रिसोर्टले प्रायोजन गर्ने टुङ्गो लागेको हो ।
असारको २४ गतेबाट सुरु हुने प्रतियोगिता २६ गतेसम्म सञ्चालन हुदैछ । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा जी एण्ड के इन्टरनेश्नल एजुकेशन कन्सलट्यान्टले प्रायोजन गरेको छ ।
मुन फटसलमा हुने प्रतियोगिताको विजेताले उपाधि सहित ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, डिफेन्डर र गोलरक्षकले ट्रफी र मेडल प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागी हुने टिमले ३ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ ।
#अल्फान्जो रिसोर्ट






-1759666509639.jpg&w=3840&q=75)





-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)