काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले इंग्ल्यान्डका मिडफिल्डर काल्भिन फिलिप्सलाई अनुबन्ध गरेको छ ।
प्रिमियर लिग च्याम्पियन सिटीले लिड्स युनाईटेडबाट फिलिप्सलाई अनुबन्ध गरेको हो ।
२६ वर्षीय फिलिप्सले सिटीसँग ६ वर्षको सम्झौता गरेका छन् ।
फिलिप्सले लिड्समा ८ सिजन बिताएका थिए ।
'म्यानचेस्टर सिटीमा सहभागी हुन पाएकोमा म अत्यन्तै खुसी छु,' सम्झौतापछि फिलिप्सले भने ।
लिड्सको एकेडेमीमा हुर्किएका फिलिप्सले २०१५ मा सिनियर टोलीमा डेब्यु गरेका थिए ।
फिलिप्सले लिड्सका लागि २ सय ३५ खेल खेलका छन् ।
इंग्ल्यान्डका लागि उनले २३ खेल खेलेका छन् ।