काठमाडौं । इंग्लिस क्लब आर्सनलले ब्राजिलियन स्ट्राइकर गाब्रियल जिससलाई अनुबन्ध गरेको छ ।
आर्सनलले सोमबार जिससलाई अनुबन्ध गरिएको जनाएको छ ।
आर्सनलले प्रिमियर लिग प्रतिद्वन्दी म्यानचेस्टर सिटीबाट जिससलाई अनुबन्ध गरेको हो ।
२५ वर्षीय स्ट्राइकरले आर्सनलसँग पाँच वर्षको सम्झौता गरेका छन् । उनी २०२७ सम्म आर्सनलमा रहने छन् ।
जिससले आर्सनलमा ९ नम्बरको जर्सी लगाउने छन् ।

जिसस २०१६ मा पाल्मीरासबाट सिटी आएका थिए । उनले २०१७ मा सिटीसँग औपचारिक सम्झौता गरेका थिए ।
सिटीका लागि जिससले १ सय ५९ प्रिमियर लिगमा ५८ गोल र ३२ असिस्ट गरेका छन् ।
सिटीका लागि उनले ४ प्रिमियर लिग, एफए कप, ईएफएल कप र कम्युनिटी शिल्ड जितेका छन् ।