काठमाडौं । आइभरी कोस्टमा आगामी वर्ष हुने भनिएको अफ्रिकन कप अफ नेसन्स एक वर्ष पछि सरेको छ ।
मौसमका कारण प्रतियोगिता सन् २०२४ सम्मका लागि सारिएको हो ।
यस अघि प्रतियोगिता २०२३ को जुन र जुलाईमा हुने तालिका रहेको थियो ।
तर, उक्त समय आइभरी कोस्टमा वर्षाको समय हुने भएकाले प्रतियोगिता सारिएको कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ) का अध्यक्ष प्याट्रिस मोत्सेपेले बताएका छन् ।
अब प्रतियोगिता २०२४ को जनवरी र फेब्रुअरीमा आयोजना हुनेछ ।
क्यामरुनमा भएको अघिल्लो संस्करणको उपाधि सेनेगलले जितेको थियो । सेनेगलले फाईनलमा ईजिप्टलाई पराजित गरेको थियो ।