काठमाडौं । नेपाली डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले ब्राजिलका हस्ती रोनाल्डिन्होसँग खेल्न पाउनु आफ्नो लागि अद्भुद अनुभव भएको बताएका छन् ।
रोहितले आइतबार सामाजिक संजाल फेसबुकबाट रोनाल्डिन्होसँग खेल्न पाउनु अद्भुद अनुभव भएको बताएका हुन्।
इन्डोनेसियामा पर्सिक कदिरी एफसीबाट व्यवसायिक लिग खेलिरहेका रोहितले गत साता ट्रोफियो रोनाल्डिन्हो नामक मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेलेका थिए ।
उक्त प्रतियोगितामा रोहितको टोलीले रोनाल्डिन्हो आबद्द रेन्स नुसनतारा एफसीसँग खेलेको थियो ।
रोहितले रोनाल्डिन्होसँग खेल्न पाउछु भन्ने आफुले कहिले नसोचेको समेत बताएका छन् ।
'महान् फुटबलर रोनाल्डिन्होसँग एकै मैदानमा खेल्न पाउनु एक अद्भुद अनुभव रह्यो । यसको मतलब, यस्तो हुन्छ भनेर मैले कहिल्यै सोचेकै थिइन । मैदानमा उनको जादु हेरेर हुर्किएको र उनीसँगै मैदान सेयर गर्न पाउनु निकै ठूलो अनुभव र भाग्य हो,' रोहितले लेखेका छन् ।
डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले पर्सिक कदिरी एफसीबाट इन्डोनेसियाको लिगा वान फुटबल खेल्ने भएका छन् ।
रोहित यसै सिजन पर्सिकमा आबद्द भएका हुन् ।
रोहितले यस अघि पर्सिजा जकार्ताबाट खेलेका थिए ।
रोहित पाँच वर्ष जकार्तामा बिताएर पर्सिक आएका हुन् ।