काठमाडौं । डच क्लब पीएसभीले स्ट्राइकर लुक डी जोङलाई अनुबन्ध गरेको छ ।
पीएसभीले स्ट्राइकर जोङलाई स्पेनिस क्लब सेभियाबाट अनुबन्ध गरेको हो ।
डच स्ट्राइकरले पीएसभीसँग तीन वर्षको सम्झौता गरेका छन् ।
गत सिजन उनले बार्सिलोनाबाट लोनमा खेलेका थिए ।
बार्सिलोनामा उनले २१ खेलमा ६ गोल गरेका थिए ।
उनी तीन वर्षपछि पीएसभी फर्किएका हुन् ।
२०१९ मा उनी पीएसभीबाट स्पेनिस क्लब गएका थिए ।