काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले डिफेन्डर जेम्स टार्कोव्स्कीलाई अनुबन्ध गरेको छ ।
एभर्टनले फ्री ट्रान्सफरमा बर्नलीबाट जेम्सलाई अनुबन्ध गरेको हो ।
२९ वर्षीय डिफेन्डर एभर्टनसँग ४ वर्षको सम्झौता गरेका छन् ।
एभर्टनको यो समरमा पहिलो अनुबन्ध हो ।
सेन्टर ब्याक जेम्सले बर्नलीका लागि १ सय ९४ खेल खेलेका छन् ।
रेलिगेसनमा परेको बर्नलीमा उनको संम्झौता जुनमा सकिएको थियो ।
एभर्टनमा जेम्सले २ नम्बरको जर्सी लगाउने छन् ।