एजेन्सी । इटालियन सिरि एले मारिया सोल फेरेरीलाई पहिलो महिला रेफ्रीको रुपमा नियुक्त गरेको छ । ३१ वर्षिया मारिया नयाँ सिजनको सिरि ए लिगमा रेफ्री टिममा अटाउने भएकी छिन् ।
फेरेरीले गत सिजन पहिलो महिला रेफ्रीको रुपमा शीर्ष डिभिजनको कोपा इटालियामा काग्लियारी र सिटाडेलाबीचको खेलमा निर्णायकको भुमिका निर्वाह गरेकी थिईन् ।
‘यो निकै सुन्दर क्षण हो ।’ इटालियन रेफ्री एसोसियसनका अध्यक्ष अल्फ्रेडो ट्रेन्टालन्गेले भनेका छन् ।
‘यो सोचेर दुख लाग्छ कि कोही महिलाको उपस्थिती देखेर चकित छन् ।’ उनले थपेका छन् ।
‘मारिया सिरि ए को पुलमा पहिलो महिला रेफ्री हुनेछिन् । यो एतिहासिक क्षण हो । तर बढुवा एउटा यस्तो प्रगति हो, जो योग्यताबाट आउँछ, न कि विशेषाधिकारबाट ।’ उनले भने ।
फेरेरीले सन् २००७ मा रेफ्री संघमा आबद्ध भएकी थिईन् । उनले सन् २०१५ सम्म क्षेत्रीय खेलमा रेफ्रीको भुमिका निर्वाह गरेकी थिईन् । जब उनले डी डिभिजन सुरु गरिन्, त्यसपछि उनको प्रगति सुरु भएको हो ।