फ्लोरेन्जी मिलानको स्थायी खेलाडी
शनिबार, असार १८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब एसी मिलानले डिफेन्डर अलेसान्ड्रो फ्लोरेन्जीलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ।
मिलानले सिरी ए प्रतिद्वन्दी रोमाबाट डिफेन्डर फ्लोरेन्जीलाई अनुबन्ध गरेको हो ।
३१ वर्षीय डिफेन्डरले मिलानसँग ३ वर्षको सम्झौता गरेका छन् ।
उनी २०२५ को जुन ३० सम्म मिलानमा रहने छन् ।
गत सिजन उनले लोनमा मिलानबाट खेलेका थिए ।
इटालियन डिफेन्डरले गत सिजन ३० खेलमा २ गोल समेत गरेका थिए ।
फ्लोरेन्जी मिलानको स्थायी खेलाडी







-1762856022963.jpg&w=3840&q=75)





