माटियो मार्सेको स्थायी खेलाडी
शुक्रबार, असार १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्च क्लब ओलम्पिक डी मार्सेले मिडफिल्डर माटियो गेन्दुजीलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
मार्सेले इंग्लिस प्रिमियर लिग क्लब आर्सनलबाट माटियोलाई अनुबन्ध गरेको हो।
फ्रान्सका मिडफिल्डर माटियोले गत सिजन लोनमा मार्सेबाट खेलेका थिए ।
२३ वर्षीय मिडफिल्डरले गत सिजन मार्सेका लागि ३८ खेलमा २ गोल गरेका थिए ।
माटियो सन् २०१८ मा आर्सनल आएका थिए ।
आर्सनलका लागि उनले ८२ खेल खेलेका छन् ।
मार्से आउनु अघि उनले जर्मन क्लब हेर्था बर्लिनबाट लोनमा खेलेका थिए ।
माटियो मार्सेको स्थायी खेलाडी







-1762856022963.jpg&w=3840&q=75)





