सलाहद्वारा सम्झौता नवीकरण
शुक्रबार, असार १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । लिभरपुलका फरवार्ड मोहमद सलाहले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
प्रिमियर लिग क्लबले शुक्रबार सलाहले सम्झौता नवीकरण गरेको जनाएको छ ।
इजिप्टका फरवार्ड सलाहले थप तीन वर्ष एनफिल्डमै रहने गरि सम्झौता नवीकरण गरेका हुन् ।
अब सलाह २०२५ सम्म लिभरपुलमा रहने छन् ।
३० वर्षीय सलाह २०१७ मा रोमाबाट लिभरपुल आएका थिए ।
सलाहले लिभरपुलका लागि २ सय ५४ खेल १ सय ५६ गोल गरेका छन् ।
सलाहले लिभरपुलका लागि च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, लिग कप, फिफा क्लब विश्वकप र यूईएफए सुपर कप जितेका छन् ।
सलाहद्वारा सम्झौता नवीकरण







-1762856022963.jpg&w=3840&q=75)





