रिचार्लिसन टोटेनहममा अनुबन्धित
शुक्रबार, असार १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहमले ब्राजिलियन फरवार्ड रिचार्लिसनलाई अनुबन्ध गरेको छ ।
टोटेनहमले प्रिमियर लिग प्रतिद्वन्दी एभर्टनबाट रिचार्लिसनलाई अनुबन्ध गरेको हो ।
टोटेनहमले शुक्रबार रिचार्लिसनलाई अनुबन्ध गरिएको जनाएको छ ।
२५ वर्षीय फरवार्डले टोटेनहमसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
उनी २०१८ मा वाट्फोर्डबाट एभर्टन आएका थिए ।
एभर्टनका लागि उनले १ सय ५२ खेलमा ५३ गोल गरेका छन् ।
रिचार्लिसन टोटेनहममा अनुबन्धित






-1762997834781.jpeg&w=3840&q=75)






