दिवाकर घले यू-२० फुटबल टिमको म्यानेजर नियुक्त

काठमाडौं । दिवाकर घले गुरुङ यू–२० राष्ट्रिय फुटबल टोलीको टिम म्यानेजर (व्यवस्थापक) नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार घलेलाई टिम म्यानेजर नियुक्त गरिएको जनाएको छ । घले महाबिर क्लबका अध्यक्ष हुन् ।
एन्फाले साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० एसियन कप छनोटका लागि घलेलाई नियुक्त गरेको हो ।
साफ यू-२० च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।
च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ ।
त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ ।
शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।
त्यस्तै एएफसी यू-२० छनोटमा नेपाल समूह 'बी' मा रहेको छ ।
नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगालादेश रहेको छ ।
यस समूहको छनोट खेल बहराइनमा हुनेछ । समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ ।
नेपालले भुटानसँग सेप्टेम्बर १० मा खेल्दा १२ सेप्टेम्बरमा कतारसँग खेल्नेछ ।
नेपालले बहराइनसँग सेप्टेम्बर १४ र बंगलादेशसँग अन्तिम खेल सेप्टेम्बर १८ मा खेल्नेछ ।
समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।






-1762997834781.jpeg&w=3840&q=75)






