सलाह र माने प्लेयर अफ द इयर अवार्डको मनोनयनमा
शुक्रबार, असार १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इजिप्टका फरवार्ड मोहमद सलाह र सेनेगलका फरवार्ड साडियो अफ्रिकन प्लेयर अफ द इयर अवार्डको मनोनयनमा परेका छन् ।
कन्फेडेरेसन अफ अफ्रिकन फुटबल (काफ) सार्वजनिक गरेको मनोनयनको सूचीमा सलाह र माने अटाएका हुन् । अर्वाडका लागि सलाह र मानेसँगै ३० जना खेलाडी मनोनयनमा परेका छन् ।
सलाह इंग्लिस क्लब लिभरपुलबाट खेलिरहेका छन् । माने भने हालै लिभरपुलबाट जर्मन क्लब बायर्न म्युनिखमा आबद्ध भएका छन् ।
अफ्रीका कप नेसन्समा सलाह र मानेको टोलीले फाइनल खेलेका थिए । सेनेगलले फाइनलमा इजिप्टलाई हराएर उपाधि जितेको थियो ।
सलाह र माने प्लेयर अफ द इयर अवार्डको मनोनयनमा






-1762997834781.jpeg&w=3840&q=75)






