भिटिन्हा पीएसजीमा अनुबन्धित
शुक्रबार, असार १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ( पीएसजी) ले मिडफिल्डर भिटिन्हालाई अनुबन्ध गरेको छ ।
पीएसजीले मिडफिल्डर भिटिन्हालाई पोर्चुगिज क्लब पोर्टोबाट ४० मिलियन युरोमा अनुबन्ध गरेको हो ।
पोर्चुगिज मिडफिल्डरले पीएसजीसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
२२ वर्षीय भिटिन्हाले २०२०/२१ को सिजन उल्भ्समा बिताएका थिए ।
गत सिजन पोर्टो फर्किएका उनले क्लबका लागि ४७ खेल खेलेका थिए ।
गत मार्चमा सिनियर टोलीमा डेब्यु गरेका उनले पोर्चुगलका लागि ३ खेल खेलिसकेका छन् ।
भिटिन्हा पीएसजीमा अनुबन्धित






-1762997834781.jpeg&w=3840&q=75)






