फिफाले पाकिस्तानमाथिको प्रतिबन्ध हटायो
बिहिबार, असार १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि प्रतिबन्ध हटाएको छ ।
फिफाले बिहीबार एक विज्ञप्ति निकाल्दै पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको छ ।
फिफाले २०२१ को अप्रिलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।
पीएफएफमा दुई पक्षबीच विवाद भएपछि अदालतले हस्तक्षेप गरेको थियो ।
तर, फिफाले प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा नर्मलाइजेसन कमिटी गठन गरेको थियो ।
फिफाले गठन गरेको नर्मलाइजेसन कमिटीले पीएफएफ पूर्ण रुपमा आफ्नो मातहतमा ल्याएको कारण प्रतिबन्ध हटाईएको जनाएको छ ।
यस्तै फिफाले नर्मलाइजेसन कमिटीलाई काममा बाधा र अवरोध गरिएको फेरि प्रतिबन्ध गरिने जनाएको छ ।

फिफाले पाकिस्तानमाथिको प्रतिबन्ध हटायो






-1762997834781.jpeg&w=3840&q=75)






