एनआरटीको फराकिलो हार

काठमाडौं । नेपालको सहिद स्मारक 'ए' डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिताको पहिलो खेलमा फराकिलो हार व्यहोरेको छ ।
मलेसियाको पेनाङमा बिहीबार भएको खेलमा एनआरटी इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग ५-१ गोल अन्तरले पराजित भएको हो ।
पेनाङ सिटी रंगशालामा एनआरटी पहिलो हाफमै ४-० ले पछि परेको थियो । दोस्रो हाफमा थप एक गोल व्यहोर्दा एनआरटीले एक गोल फर्कायो ।
कारो एफसी गिलाङ प्रमुद्या र कार्दिनाता तारिगानले दुई दुई गोल गरे । स्यारिफुदीनले एक गोल थपे ।
एनआरटीका मेसुके ओलोमोउले एक गोल फर्काए ।
अब एनआरटीले शनिबार मलेसियाको सुपर लिग क्लब पेनाङ एफसीसँग खेल्नेछ ।
प्रतियोगिता पेनाङका शहर प्रमुख मिस्टर याङले पद बहाली ग्रहण गरेको पहिलो बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो ।
प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ । उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ ।
एनआरटीले ए डिभिजन लिगको तयारी स्वरुप ‘प्रि- सिजन’ का लागि प्रतियोगिता खेलेको हो ।
मलेसिया भ्रमणपछि एनआरटीले थाईल्याण्डमा ३ मैत्रीपूर्ण खेल खेल्ने छ ।






-1762997834781.jpeg&w=3840&q=75)






