भाल्भर्डे एथ्लेटिकको मुख्य प्रशिक्षक
बिहिबार, असार १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब एथ्लेटिक बिल्बाओले एर्नेष्टो भाल्भर्डेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
ला लिगा क्लब एथ्लेटिकले बिहीबार भाल्भर्डेलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
स्पेनिस प्रशिक्षक भाल्भर्डे बार्सिलोना छाडेपछि क्लब विहीन रहेका थिए ।
५८ वर्षीय भाल्भर्डे तेस्रो पटक एथ्लेटिकको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् ।
भाल्भर्डे एथ्लेटिकको मुख्य प्रशिक्षक






-1762997834781.jpeg&w=3840&q=75)






