डिबालाले छाडे युभेन्ट्स
बिहिबार, असार १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर पाउलो डिबालाले क्लब छाडेका छन् ।
युभेन्ट्सले बिहीबार डिबालाले क्लब छाडेको जनाएको छ ।
युभेन्ट्सले सामाजिक संजालबाट डिबालाले क्लब छाडेको जनाउदै धन्यवाद दिएका छन् ।
अर्जेन्टिनाका डिबाला २०१५ मा पालेर्मोबाट युभेन्ट्स आएका थिए ।
२८ वर्षीय डिबालाले युभेन्ट्सका लागि २ सय ९२ खेलमा १ सय १५ गोल गरेका छन् ।
युभेन्ट्सका लागि डिबालाले ५ सिरी ए उपाधि सहित कुल १२ उपाधि जितेका छन् ।
डिबालाले छाडे युभेन्ट्स






-1762997834781.jpeg&w=3840&q=75)






