रिचार्लिसन अनुबन्धको नजिक टोटेनहम
बिहिबार, असार १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहमले ब्राजिलियन फरवार्ड रिचार्लिसनलाई अनुबन्ध गर्ने भएको छ ।
टोटेनहमले प्रिमियर लिग प्रतिद्वन्दी एभर्टनबाट रिचार्लिसनलाई अनुबन्ध गर्न लागेको हो ।
रिचार्लिसन अनुबन्धका लागि टोटेनहम र एभर्टनबीच सहमति भईसकेको बताईएको छ ।
टोटेनहममा बिहीबार उनको मेडिकल हुने बताईएको छ ।
२५ वर्षीय फरवार्ड २०१८ मा वाट्फोर्डबाट एभर्टन आएका थिए ।
एभर्टनका लागि उनले १ सय ५२ खेलमा ५३ गोल गरिसकेका छन् ।
रिचार्लिसन अनुबन्धको नजिक टोटेनहम






-1762997834781.jpeg&w=3840&q=75)






