एनआरटीले आज इन्डोनेसियाको कारोसँग खेल्दै

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगितामा आज बिहीबार पहिलो खेल खेल्दैछ ।
मलेसियाको पेनाङमा एनआरटीले आज इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग प्रतिस्पर्धा गर्नेछ । पेनाङ सिटी रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ६ बजे सुरु हुनेछ ।
यस्तै एनआरटीले शनिबार मलेसियाको सुपर लिग क्लब पेनाङ एफसीसँग दोस्रो खेल खेल्नेछ ।
प्रतियोगिता पेनाङका शहर प्रमुख मिस्टर याङले पद बहाली ग्रहण गरेको पहिलो बार्षिकोत्सवको अवसरमा हुन लागेको हो ।
प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ । उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ ।
एनआरटीले ए डिभिजन लिगको तयारी स्वरुप ‘प्रि- सिजन’ खेलका लागि मलेसिया भ्रमणमा गएको हो ।
मलेसिया भ्रमणपछि एनआरटीले थाईल्याण्डमा ३ मैत्रीपूर्ण खेल खेल्ने छ । जसमध्ये एक खेल थाई लिग वान क्लब चोनबुरी एफसीसँग खेल्ने छ।






-1762997834781.jpeg&w=3840&q=75)






