भरत र नवयुग अमेरिका प्रस्थान
बिहिबार, असार १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास र स्ट्राइकर नवयुग श्रेष्ठ अमेरिका प्रस्थान गरेका छन् ।
अमेरिकामा आयोजना हुने नेप्लिज अमेरिकन कन्भेन्सन फुटबल प्रतियोगिता खेल्न भरत र नवयुग अमेरिका प्रस्थान गरेका हुन् ।
भरत र नवयुगले आयोजक लस एन्जलस टोलीबाट खेल्ने छन् ।
युनाइटेड नेप्लिज एसोसिएसनले आयोजना गर्ने पाँचौं संस्करणको प्रतियोगिता जुलाईमा हुनेछ ।
भरत हाल राष्ट्रिय टोली बाहिर रहेका छन् । नवयुगले एएफसी एसियन कप छनोटमा नेपालको कप्तानी गरेका थिए ।
भरत र नवयुग अमेरिका प्रस्थान






-1762997834781.jpeg&w=3840&q=75)






