पाउलो लिलको मुख्य प्रशिक्षक नियुक्त
बिहिबार, असार १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्च क्लब लिलले पाउलो फोन्सेकालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
लिलले पोर्चुगिज प्रशिक्षकसँग दुई वर्षको सम्झौता गरेका छन् ।
४९ वर्षीय प्रशिक्षक २०२४ सम्म लिलमा रहने छन् ।
यस अघि उनले इटालियन क्लब रोमा सम्हालेका थिए ।
पछिल्लो समय पाउलोलाई मुख्य प्रशिक्षक बनाउन फियोरेन्टिना र टोटेनहमले प्रयास गरेको थियो ।
पाउलो लिलको मुख्य प्रशिक्षक नियुक्त






-1762997834781.jpeg&w=3840&q=75)






