लुकाकु इन्टरमा अनुबन्धित

काठमाडौं । इटालियन क्लब इन्टर मिलानले रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ ।
इन्टरले बेल्जियमका फरवार्ड लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।
इन्टरले बुधबार राति २९ वर्षीय लुकाकुलाई अनुबन्ध गरिएको जनाएको छ ।
लुकाकु एक सिजनपछि लोनमा इन्टर फर्किएका हुन् ।
लुकाकु गत वर्ष इन्टरबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा चेल्सीमा पुन: अनुबन्धित भएका थिए । लुकाकुले चेल्सीसँग पाँच वर्षको सम्झौता गरेका थिए ।
लुकाकु सात वर्षपछि चेल्सी फर्किएका थिए । लुकाकुले सन् २०१४ मा चेल्सी छाडेका थिए ।
चेल्सी छाडेर लुकाकु एभर्टन गएका थिए । एभर्टनबाट सन् २०१४ देखि २०१७ सम्म उनले १ सय ६६ खेलमा ८७ गोल गरेका थिए ।
सन् २०१७ मा म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका लुकाकुले ओल्डट्राफोर्ड बसाईमा ९६ खेल खेल्दै ४२ गोल गरेका थिए ।
युनाईटेडपछि लुकाकु सन् २०१९ मा इन्टर मिलानमा अनुबन्धित भएका थिए ।
लुकाकुले गत सिजन चेल्सीका लागि कुल १५ गोल गरेका थिए । यस्तै २६ प्रिमियर लिगमा ८ गोल गरेका थिए ।








-1763024272658.jpeg&w=3840&q=75)




-1762997834781.jpeg&w=3840&q=75)