भरत र नवयुगले अमेरिकामा हुने फुटबल प्रतियोगिता खेल्ने
बुधबार, असार १५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास र स्ट्राइकर नवयुग श्रेष्ठले अमेरिकामा आयोजना हुने नेपलिज अमेरिकन कन्भेन्सन फुटबल प्रतियोगिता खेल्ने भएका छन् ।
त्रिभुवन आर्मी फुटबल क्लबले सामाजिक संजाल फेसबुकबाट स्ट्राइकर भरत र नवयुगले अमेरिकाको प्रतियोगिता खेल्ने जनाएको छ ।
भरत र नवयुगले आयोजक लस एन्जलस टोलीबाट खेल्ने क्लबले जनाएको छ ।
युनाइटेड नेप्लिज एसोसिएसनले आयोजना गर्ने पाँचौं संस्करणको प्रतियोगिता जुलाईमा हुनेछ ।
भरत र नवयुगले अमेरिकामा हुने फुटबल प्रतियोगिता खेल्ने








-1763024272658.jpeg&w=3840&q=75)




-1762997834781.jpeg&w=3840&q=75)