रेफ्री क्षेत्री र यादवले साफ यू-२० च्याम्पियनसिप खेलाउने

काठमाडौं । नेपालका फिफा रेफ्री प्रज्वल क्षेत्री र सहायक फिफा रेफ्री किशन कनैया यादवले साफ यू-२०पुरुष च्याम्पियनसिपमा रेफ्रीको भूमिका निर्वाह गर्ने भएका छन् ।
दक्षिण एसिया फुटबल फेडेरेसनले रेफ्री क्षेत्री र यादवलाई च्याम्पियनसिपका लागि रेफ्रीको रुपमा छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
क्षेत्री र यादवले गत वर्ष फिफा रेफ्री ब्याच प्राप्त गरेका थिए ।

भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।
च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ ।
त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ ।
शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्ने छन् ।






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)






