एसियन कप आयोजकको दाबी पेशको म्याद थप
बुधबार, असार १५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले एएफसी एसियन कप-२०२३ आयोजनाका लागि आयोजक राष्ट्रका लागि आह्वान गरेको बोलपत्रको म्याद थप गरेको छ ।
एएफसीले मंगलबार एसियन कप आयोजनाका लागि इच्छुक राष्ट्रलाई दाबी पेशको म्याद थप गरिएको जनाएको छ।
एएफसीले जुलाई १५ सम्म दाबी पेश गर्न सकिने जनाएको छ । यस अघि जुन ३० सम्मको मिति थियो ।
चीनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसीले नयाँ आयोजक राष्ट्रको लागि बोलपत्र आह्वान गरेको हो ।
कोभिड-१९ को महामारीको कारण देखाएर चाईनिज फुटबल एसोसियनले आयोजकबाट नाम फिर्ता लिएको थियो ।
एसियन कपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
एसियन कप आयोजकको दाबी पेशको म्याद थप






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)






