डिफेन्डर बोटम्यान न्युकासलमा
बुधबार, १५ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब न्युकासल युनाईटेडले डिफेन्डर स्वेन बोटम्यानलाई अनुबन्ध गरेको छ ।
न्युकासलले डच डिफेन्डरलाई लिलबाट ३२ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
२२ वर्षीय डिफेन्डरले न्युकासलसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
सेन्टर डिफेन्डर बोटम्यान आयाक्सबाट २०२० मा फ्रेन्च क्लब आएका थिए ।
फ्रेन्च क्लबका लागि उनले ७९ खेल खेलेका छन् ।
न्युकासलले तेस्रो खेलाडीको रुपमा डिफेन्डर बोटम्यानलाई अनुबन्ध गरेको हो ।
यस अघि गोलकिपर निक पोप र डिफेन्डर म्याट टार्गेटलाई अनुबन्ध गरेको थियो ।
डिफेन्डर बोटम्यान न्युकासलमा







-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)