मिनामिनो मोनाकोमा अनुबन्धित
मंगलबार, असार १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जापानी मिडफिल्डर ताकुमी मिनामिनो फ्रेन्च क्लब मोनाकोमा अनुबन्धित भएका छन् ।
मोनाकोले इंग्लिस क्लब लिभरपुलबाट १५.५ मिलियनमा मिनामिनोलाई अनुबन्ध गरेको हो ।
२७ वर्षीय मिडफिल्डरले मोनाकोसँग ४ वर्षको सम्झौता गरेका छन् ।
मिनामिनो सन् २०१९ को डिसेम्बरमा आरबी साल्जवर्गबाट लिभरपुलमा आएका थिए ।
उनले २०२१ मा लोनमा साउथह्याम्पटनबाट खेलेका थिए ।
मिनामिनोले लिभरपुलका लागि ५५ खेल खेल्दा १४ गोल गरेका छन् ।
गत सिजन उनले ११ प्रिमियर लिग खेल खेलेका थिए ।
मिनामिनो मोनाकोमा अनुबन्धित







-1762856022963.jpg&w=3840&q=75)





