मिनामिनो मोनाकोमा अनुबन्धित
मंगलबार, १४ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । जापानी मिडफिल्डर ताकुमी मिनामिनो फ्रेन्च क्लब मोनाकोमा अनुबन्धित भएका छन् ।
मोनाकोले इंग्लिस क्लब लिभरपुलबाट १५.५ मिलियनमा मिनामिनोलाई अनुबन्ध गरेको हो ।
२७ वर्षीय मिडफिल्डरले मोनाकोसँग ४ वर्षको सम्झौता गरेका छन् ।
मिनामिनो सन् २०१९ को डिसेम्बरमा आरबी साल्जवर्गबाट लिभरपुलमा आएका थिए ।
उनले २०२१ मा लोनमा साउथह्याम्पटनबाट खेलेका थिए ।
मिनामिनोले लिभरपुलका लागि ५५ खेल खेल्दा १४ गोल गरेका छन् ।
गत सिजन उनले ११ प्रिमियर लिग खेल खेलेका थिए ।
मिनामिनो मोनाकोमा अनुबन्धित















