फिफा रेफ्री राई एएफसी एलिट वुमन रेफ्री प्यानलमा
सोमबार, असार १३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली फिफा रेफ्री अन्जना राई एएफसी एलिट वुमन रेफ्री तथा सहायक रेफ्री प्यानल २०२२ मा समावेश भएकी छिन् ।
एएफसी वुमन रेफ्री तथा सहायक रेफ्री सेलेक्सन कोर्स गरेपछि फिफा रेफ्री अन्जनालाई प्यानलमा समावेश गरिएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा रेफ्री राईलाई प्यानलमा समावेश गरिएको पत्र शुक्रबार एएफसीबाट प्राप्त भएको जनाएको छ ।
अब फिफा रेफ्री राईलाई एएफसी एलिट रेफ्री प्रिपरेसन कोर्समा आमन्त्रित गरिने एन्फाले जनाएको छ । उक्त कोर्स नोभेम्बरमा हुनेछ ।
राईले २०२१ मा फिफा रेफ्री ब्याच प्राप्त गरेका थिए ।
फिफा रेफ्री राई एएफसी एलिट वुमन रेफ्री प्यानलमा







-1762856022963.jpg&w=3840&q=75)





