जिसस अनुबन्ध गर्न आर्सनल र सिटीबीच सहमति
शनिबार, ११ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । म्यानचेस्टर सिटीका स्ट्राइकर गाब्रियल जिसस आर्सनलमा अनुबन्धित हुने भएका छन् ।
जिसस अनुबन्धका लागि आर्सनल र सिटीबीच सहमति भएको छ ।
ब्राजिलियन स्ट्राइकर अनुबन्धका लागि आर्सनल र सिटीबीच ४५ मिलियन पाउण्डको सहमति भएको बताईएको छ ।
२५ वर्षीय स्ट्राइकर अनुबन्धका लागि आर्सनलले पछिल्लो समय निकै प्रयास गरिरहेको थियो ।
जिसस २०१६ मा सिटी आएका थिए । उनले २०१७ मा सिटीसँग औपचारिक सम्झौता गरेका थिए ।
सिटीका लागि जिससले १ सय ५९ प्रिमियर लिगमा ५८ गोल र ३२ असिस्ट गरेका छन् ।
सिटीका लागि उनले प्रिमियर लिग, एफए कप, ईएफएल कप र कम्युनिटी शिल्ड जितेका छन् ।
जिसस अनुबन्ध गर्न आर्सनल र सिटीबीच सहमति















