स्ट्राइकर जोसे भिल्लामा
शनिबार, ११ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब भिल्ला रियलले स्ट्राइकर जोसे लुइस मोरालेसलाई अनुबन्ध गरेको छ ।
भिल्लाले लेभान्टेबाट स्ट्राइकर जोसेलाई अनुबन्धित गरेको हो ।
भिल्लाले जोसेलाई फ्री ट्रान्सफरमा क्लब भित्र्याएको हो ।
३४ वर्षीय स्ट्राइकरले भिल्लासँग दुई वर्षको सम्झौता गरेका छन् ।
स्पेनिस विंगर जोसेले गत सिजन लेभान्टेका लागि ३५ खेलमा १३ गोल गरेका थिए ।
स्ट्राइकर जोसे भिल्लामा















