फिलिप्स सिटीमा अनुबन्धित हुने
शुक्रबार, १० असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले इंग्ल्यान्डका मिडफिल्डर काल्भिन फिलिप्सलाई अनुबन्ध गर्ने भएको छ ।
प्रिमियर लिग च्याम्पियन सिटीले लिड्स युनाईटेडबाट फिलिप्सलाई अनुबन्ध गर्न लागेको हो ।
२६ वर्षीय फिलिप्स अनुबन्धका लागि ४५ मिलियन पाउण्ड तिर्न सिटी सहमत भएको बीबीसीले जनाएको छ ।
लिड्सको एकेडेमीमा हुर्किएका फिलिप्सले २०१५ मा सिनियर टोलीमा डेब्यु गरेका थिए ।
फिलिप्सले लिड्सका लागि २ सय १४ खेल खेलका छन् ।
इंग्ल्यान्डका लागि उनले २३ खेल खेलेका छन् ।
फिलिप्स सिटीमा अनुबन्धित हुने















