मुख्य प्रशिक्षक रुनीले छाडे डर्बी
शुक्रबार, १० असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्ल्यान्डका पूर्व कप्तान वायन रुनीले लिग वान क्लब डर्बी काउन्टीको मुख्य प्रशिक्षक पद छाडेका छन् ।
३६ वर्षीय रुनीले शुक्रबार मुख्य प्रशिक्षक पद छाडेको डर्बीले जनाएको छ ।
रुनीले डर्बीसँगको सम्झौता नसकिदै क्लब छाडेका हुन् । गत वर्ष उनले क्लबसँग साढे दुई वर्षको सम्झौता गरेका थिए ।
डर्बी गत सिजन च्याम्पियनसिपबाट रेलिगेसनमा परेको थियो ।
मुख्य प्रशिक्षक हुनु अघि रुनीले डर्बीबाट खेलेका थिए ।
अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब डीसी युनाइटेडबाट उनी डर्बी आएका थिए ।
म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान समेत रहेका रुनी एभर्टनबाट डीसी गएका थिए ।
रुनी इंग्ल्यान्डका कीर्तिमानी गोलकर्ता हुन् ।
मुख्य प्रशिक्षक रुनीले छाडे डर्बी















