बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रदेश स्तरीय ब्याडमिन्टन सुरु

शुक्रबार, १० असार २०७९खेलपाटी संवाददाता
प्रदेश स्तरीय ब्याडमिन्टन सुरु
Loading ad...
mustang rice ad

पोखरा  । कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा गण्डकी प्रदेश सतरीय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले पोखरा रंगशाला स्थित ब्याडमिन्टन कभर्ड हलमा प्रतियोगिताको आयोजना गरिएको हो ।

चार विधामा संचालन गरिएको प्रतियोगिताको पहिलो दिन महिला तर्फको क्वाटरफाइनल खेल सम्पन्न भएका छन् ।

महिलातर्फको एकलमा कास्कीकी अनु राना, दिलासा राना, आयुष्मा नेपाल र आकृति केसी सेमिफाइनलमा प्रवेश गरेकी छिन् । यस्तै डबल्सतर्फ कास्कीकी दिलिसा राना र यमकुमारी गुरुङको जोडी, कास्कीकै मेनुका गुरुङ र आयुष्मा नेपालको जोडी, आकृति केसी र अनुरानाको जोडी तथा कास्कीकी माया पुन र तनहुँकी रुवी श्रेष्ठको जोडि सेमिफाइनलमा प्रवेग गरेको छ ।

दुई दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य राजेश गुरुङले गरे । उनले उद्घाटन पश्चात बोल्दै नवौं लक्षित प्रतियोगिता हुनु निकै महत्वपुर्ण कुरा रहेको बताए । उनले १३ औं सागमा ब्याडमिन्टन हल बनाउन सफल भएको र आज त्यहि प्रतियोगितामा प्रतियोगिता हुदाँ खेलाडीको खेल कौशलमा समेत वृद्धि हुने बताए ।

उनले गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वज कुमार गुरुङले ३ लाख बजेटको पंखा राख्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै यसले ब्याडमिन्ट खेलको विकासमा थप इट्टा थप्ने काम गरेको भनाई राखे । उनले खेलाडीले खेल खेल्न नपाउने अवस्थामा यसरी खेल हुदाँ खेलाडीको खेल प्रदर्सनीमा समेत ठुलो प्रभाव पर्ने बताए ।

यस्तै अब चाडैनै मदनभण्डारी स्पोट्र्स एकेडेमीले समेत ब्याडमिन्टन प्रतियोगिताको आयोजना गने प्रतिबद्धता ब्यक्त गरे । सोहि क्रममा बोल्दै खेल संयोजक अमृत पोख्रेलले प्रतियोगिताले खेलाडीको खेल स्तर वृद्धि गर्न मद्धत पुग्नेमा आशावादी रहेको बताए । उनले २ दिनका लागि प्रतियोगिता गर्नु समय थोरै भएपनि फलदायी हुनेमा संघको विश्वास रहेको सुनाए । प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आयोजना गरिएको जानकारी उनले दिए ।

प्रतियोगिता संचालन सचिव इन्द्र तिमिल्सिनाले गरेका थिए । प्रतियोगितामा पुरुष एकल, पुरुष डबल, महिला एकल र डबल तर्फ प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगिताको पुरुष एकल तर्फ प्रथम हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो र तेस्रोले समान १०÷१० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पुरुष डबल तर्फ प्रथम हुनेले ४० हजार रुपैयाँ, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँ सहित उनीहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिला एकल तर्फ प्रथम हुनेले १५ हजार रुपैयाँ, दोसो र तेस्रोले समान १०÷१० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महिला डबल्सको प्रथम हुनेले ३० हजार रुपैयाँ, दोस्रोले २० हजार रुपैयाँ तथा तेस्रो हुनेले १० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता गर्न करिब ४ लाख ४५ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

Loading ad...
LiNing Ad
प्रदेश स्तरीय ब्याडमिन्टन सुरु

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा