कतार विश्वकपमा २६ खेलाडी राख्न पाईने
शुक्रबार, १० असार २०७९खेलपाटी संवाददाता
काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा हरेक टिमले २६ खेलाडी राख्न पाउने भएका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपमा एक टिममा २६ खेलाडी राख्न दिने निर्णय गरेको छ ।
यस अघि एक टिममा २३ खेलाडी मात्र राख्न पाईने नियम रहेको थियो ।
तर, कोरोना भाईरसको महामारीपछि फिफाले २६ खेलाडी टिम राख्न अनुमति दिदै आएको छ ।
यूरोकप २०२० समेत एक टिममा २६ खेलाडी राखिएको थियो ।
कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।
कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।
नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।
विश्वकपमा सहभागिता जनाउने सबै ३२ देशको टुंगो लागिसकेको छ ।
फिफाले विश्वकप समूह विभाजन 'ड्र' यस अघि नै सार्वजनिक गरिसकेको छ ।
कतार विश्वकपमा २६ खेलाडी राख्न पाईने





-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)

