माने बायर्नमा अनुबन्धित
बुधबार, असार ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सेनेगलका फरवार्ड साडियो माने जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित भएका छन् ।
बायर्नले बुधबार मानेलाई लिभरपुलबाट अनुबन्ध गरिएको जनाएको छ ।
मानेले जर्मन च्याम्पियन बायर्नसँग तीन वर्षको सम्झौता गरेका छन् ।
बायर्नले फरवार्ड मानेलाई लिभरपुलबाट ३५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
३० वर्षीय फरवार्ड २०१६ मा साउथह्याम्पटनबाट लिभरपुल आएका थिए ।
उनले लिभरपुलका लागि प्रिमियर लिग, एफए कप लगायत ६ उपाधि जितेका थिए ।
मानेले लिभरपुलका लागि २ सय ६९ खेलमा १ सय २० गोल गरेका छन् । यस्तै ४८ असिस्ट रहेको छ ।
माने बायर्नमा अनुबन्धित













-1763024272658.jpeg&w=3840&q=75)